दफा ५१
अधिकार प्रत्यायोजन
विभागले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई . प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार मातहतको कुनै अधिकृत कर्मचारी वा कार्यालयलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर दफा ४१ को उपदफा (५) बमोजिमको अधिकार प्रत्यायोजन हुन सक्ने छैन।